काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भारतका लागि नेपालको आवासीय राजदूतमा डा. निश्चलनाथ पाण्डेलाई नियुक्त गरेका छन् ।
प्रधानमन्त्री बालेन शाहको सम्भावित भारत भ्रमणको तयारी भइरहेका बेला पाण्डेलाई भारतका लागि नेपाली राजदूत नियुक्त गरिएको हो ।
राष्ट्रपतिको कार्यालयले सोमबार जारी गरेको विज्ञप्तिअनुसार राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा पाण्डेलाई राजदूत नियुक्त गरेका हुन् ।
राष्ट्रपतिको कार्यालयका उपसचिव ईश्वरीप्रसाद ढकालद्वारा २०८३ कात्तिक ३० गते जारी विज्ञप्तिमा उक्त नियुक्तिबारे जानकारी दिइएको छ ।