काठमाडौँ– नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर, अस्ट्रेलियन डलर, कुवेती दिनार र बहराइन दिनारको मूल्य बढेको छ भने युरो र पाउन्ड स्ट्रलिङलगायत केही मुद्राको मूल्य घटेको छ।
आज अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ०६ पैसा र बिक्रीदर १५२ रुपैयाँ ६६ पैसा निर्धारण गरिएको छ। बुधबार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ८९ पैसा र बिक्रीदर १५२ रुपैयाँ ४९ पैसा थियो।
यसअघि गत जेठ ७ गते अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको थियो। त्यस दिन डलर एकको खरिददर १५४ रुपैयाँ ६२ पैसा र बिक्रीदर १५५ रुपैयाँ २२ पैसा कायम भएको थियो।
राष्ट्र बैंकका अनुसार आज युरो एकको खरिददर १६९ रुपैयाँ १७ पैसा र बिक्रीदर १६९ रुपैयाँ ८३ पैसा छ। बुधबार युरो एकको खरिददर १६९ रुपैयाँ २१ पैसा र बिक्रीदर १६९ रुपैयाँ ८८ पैसा थियो।
त्यसैगरी, आज पाउन्ड स्ट्रलिङ एकको खरिददर २०२ रुपैयाँ र बिक्रीदर २०२ रुपैयाँ ७९ पैसा तोकिएको छ। बुधबार यसको खरिददर २०२ रुपैयाँ २४ पैसा र बिक्रीदर २०३ रुपैयाँ ०४ पैसा थियो।
अस्ट्रेलियन डलर एकको खरिददर आज १०६ रुपैयाँ ८७ पैसा र बिक्रीदर १०७ रुपैयाँ २९ पैसा कायम भएको छ। अघिल्लो दिन यसको खरिददर १०६ रुपैयाँ ७१ पैसा र बिक्रीदर १०७ रुपैयाँ १३ पैसा थियो।
कुवेती दिनार एकको खरिददर ४९३ रुपैयाँ १४ पैसा र बिक्रीदर ४९५ रुपैयाँ ०९ पैसा निर्धारण गरिएको छ। बुधबार कुवेती दिनार एकको खरिददर ४९२ रुपैयाँ ९१ पैसा र बिक्रीदर ४९४ रुपैयाँ ८६ पैसा थियो।
त्यस्तै, बहराइन दिनार एकको खरिददर ४०२ रुपैयाँ ९७ पैसा र बिक्रीदर ४०४ रुपैयाँ ५६ पैसा पुगेको छ। बुधबार यसको खरिददर ४०२ रुपैयाँ ६२ पैसा र बिक्रीदर ४०४ रुपैयाँ २१ पैसा थियो।
भारतीय रुपैयाँ १०० को विनिमयदर भने खरिदमा १६० रुपैयाँ र बिक्रीमा १६० रुपैयाँ १५ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकले निर्धारण गरेको विनिमयदर आवश्यकताअनुसार जुनसुकै समयमा संशोधन गर्न सकिनेछ। वाणिज्य बैंकहरूले तोक्ने विनिमयदर फरक हुन सक्ने भएकाले अद्यावधिक दर सम्बन्धित बैंकबाट जानकारी लिन सकिन्छ।