मष्तिष्कघात भएर अस्पतालमा उपचार गराइरहेका नेपाली काँग्रेसका नेता नवीन्द्र राज जोशीको शुक्रवार बेलुका ८ बजेर २४ मिनेटमा निधन भयो ।
हिजोदेखि फ्लोअप गरिरहेको केटिएम दैनिकको टोली आज बिहान थापाथलीस्थित नर्भिक अस्पताल पुग्दा उनको शव अस्पतालबाट अगाडी बढाउने तयारी भैरहेको थियो ।
नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले हिजो राति ट्विटमार्फत आज बिहान १० बजेदेखि १ बजेसम्म नेपाली काँग्रेसको पार्टी कार्यालय सानेपामा श्रद्धान्जलीको लागि जोशी पार्थिव शरिर राखिने जानकारी दिएका थिए ।
थापाथलीस्थित नर्भिक अस्पतालबाट ९ बजे आसपासको समयमा उनको पार्थिव शरिर अस्पताबाट गाडी राखेर बसन्तपुरस्थित जोशी निवासमा लैजाने तयारी भैरहेको समयमा हामीले केही तस्विरहरु कैद गरेका छौं ।
यो समाचार तयार पार्दा उनको शरिर बसन्तपुरस्थिर येत्थामा रहेको उनको निवासमा पुगेको जानकारी हामीलाई प्राप्त भएको छ ।
हेरौं भिडिओ
हेरौं तस्विरहरु