एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उपचाररत नेपाली कम्युनिस्ट पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई भेट्न अस्पताल पुगेका छन् ।
एमाले अध्यक्ष ओलीको सचिवालयका अनुसार पूर्वप्रधानमन्त्री खनालको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगेका हुन् । ‘नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली पूर्वप्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्य अवस्था बुझ्न ह्याम्स हस्पिटल काठमाडौँ पुग्नुभएको छ,’ ओलीको सचिवालयले भनेको छ ।