काठमाडौं । देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव कायम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार हाल देशका हिमाली तथा पहाडी भू–भागमा आंशिक बदली रहेको छ भने तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ।
महाशाखाले हिमाली क्षेत्रका साथै बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपात हुन सक्ने पूर्वानुमान गरेको छ। सम्भावित मौसमी अवस्थालाई ध्यानमा राख्दै आवश्यक सतर्कता अपनाउन पनि आग्रह गरिएको छ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
बुधबार दिउँसो : देशका हिमाली तथा पहाडी भू–भागमा आंशिक बदली रहनेछ भने तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ। हिमाली क्षेत्रका साथै बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना छ।
बुधबार राति : हिमाली भू–भागमा आंशिक बदली रहनेछ भने पहाडी तथा तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्नेछ।
बिहीबार दिउँसो : देशका हिमाली भू–भागमा साधारणतया बदली रहनेछ भने पहाडी क्षेत्रमा आंशिक बदली र तराईमा मौसम मुख्यतया सफा रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू–भागका थोरै स्थानमा तथा कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना छ।
बिहीबार राति : हिमाली क्षेत्रमा साधारणतया बदली रहनेछ भने पहाडी भू–भागमा आंशिक बदली हुनेछ। तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ। देशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।
शुक्रबार दिउँसो : हिमाली भू–भागमा साधारणतया बदली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ। तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहनेछ। हिमाली भू–भागका थोरै स्थानमा, कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा तथा अन्य पहाडी क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा तथा हिमपात हुन सक्नेछ।
शुक्रबार राति : हिमाली भू–भागमा साधारणतया बदली रहनेछ भने कोशी प्रदेशको तराईसहित देशका पहाडी भू–भागमा आंशिक बदली रहने पूर्वानुमान छ। तराई तथा उपत्यकाका केही स्थानमा बिहानपख हुस्सु लाग्न सक्नेछ। कोशी प्रदेशका हिमाली तथा पहाडी भू–भागका साथै बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।