उर्वशी रौतेला आफ्नो फेसनका साथै फिटनेसका लागि पनि परिचित छन् । अभिनेत्री उर्वशी रौतेला हमेसा लुक्स र सौन्दर्यको कारणले चर्चामा रहने गर्दछिन् । उनी फ्यानका लागि सामाजिक सञ्जालमार्फत ग्ल्यामरस तस्बिर समेत सार्वजनिक गरिरहन्छिन् । हालै उनले आफ्नो इस्टाग्राम मार्फत एक भिडिओ शेयर गरेकी छन् । जसलाई फ्यानले लाइकका वर्षा गराएका छन् ।
म्यासी हेयरस्टाइल र मिनिमल मेकअपमा उनी झन् आकर्षक देखिएकी छन् । हर कोही घायल हुने उनको लुक्स रहेको छ ।
फ्यानले तस्बिरलाई कमेन्ट र तारिफ गरिरहेका छन् ।उर्वशी हालै फिल्म ‘वर्जिन भानुप्रिया’मा देखिएकी थिइन् । यसको अलावा उनी म्युजिक भिडियो ‘वो चाँद कहा से लाओगी’ मा पनि देखिएकी थिइन् ।