काठमाडौं । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारकै मूल्यमा बिहीबार पनि सुनचाँदीको कारोबार भइरहेको छ।
महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला २ लाख ९३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार पनि छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९३ हजार ३०० रुपैयाँ नै थियो।
त्यस्तै, चाँदीको मूल्य पनि स्थिर रहेको छ। बिहीबार चाँदी प्रतितोला ४ हजार ४२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। बुधबार पनि चाँदीको मूल्य प्रतितोला ४ हजार ४२५ रुपैयाँ नै थियो।