काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्यमा उल्लेख्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलामा ५ हजार रुपैयाँले घटेको हो।
मूल्य घटेसँगै सोमबार छापावाल सुन प्रतितोला २ लाख ९५ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार भने सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढेर २ लाख ९९ हजार ३०० रुपैयाँ पुगेको थियो।
त्यस्तै, सोमबार चाँदीको मूल्य पनि तोलामा १४५ रुपैयाँले घटेको छ। महासंघका अनुसार चाँदी प्रतितोला ४ हजार ५१० रुपैयाँमा झरेको छ। आइतबार चाँदीको मूल्य ३५ रुपैयाँले बढेर ४ हजार ६५५ रुपैयाँ पुगेको थियो।