काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ सुरु हुनुअघि नै एक्सट्रीम इनर्जी ड्रिंकले प्रतियोगिताको माहोल तताउन विशेष ब्रान्ड एक्टिभेसन सुरु गरेको छ।
एनपीएलका ८ टोलीमध्ये ७ टोलीको मुख्य प्रायोजक रहेको एक्सट्रीमले कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानबाहिर ती टोलीलाई समर्पित ७ वटा भव्य स्वागत गेट निर्माण गरेको हो।
पोखरा एभेन्जर्स, लुम्बिनी लायन्स, काठमाडौं गोर्खाज, विराटनगर किङ्स, चितवन राइनोज, जनकपुर बोल्ट्स, र कर्णाली याक्सलाई समर्पित गेटमा सम्बन्धित टोलीको पहिचानसँगै एक्सट्रीमको ब्रान्डिङ राखिएको छ।
खेलस्थल प्रवेश गर्नुअघि नै समर्थकलाई आफ्नो टोलीको उत्साहसँग जोड्ने उद्देश्यले गेट निर्माण गरिएको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार एनपीएल सुरु हुनुअघि यस स्तरको ब्रान्ड एक्टिभेसन गर्ने एक्सट्रीम पहिलो ब्रान्ड हो।
एक्सट्रीमले गेट ब्रान्डिङसँगै पोल ब्यानर, होर्डिङ र टेलिभिजन विज्ञापनमार्फत पनि एनपीएलमा आफ्नो उपस्थितिलाई व्यापक बनाएको छ।
एनपीएल सिजन–३ कार्तिक ९ देखि मंसिर ५ गतेसम्म सञ्चालन हुनेछ।