चन्दा क्षेत्री/नागोया
जापानको आइची–नागोयामा जारी २०औँ एसियाली खेलकुदमा नेपाली पुरुष कबड्डी टोलीले पहिलो जित निकालेको छ।
बिहीबार समूह ‘बी’को अन्तिम खेलमा नेपालले मलेसियामाथि ७३–५२ को सहज जित दर्ता गर्यो। नेपालले पहिलो हाफमै ३७–२१ को अग्रता बनाएको थियो भने दोस्रो हाफमा ३६–३१ को प्रदर्शन गर्दै २१ अंकको जित सुनिश्चित गर्यो।
यसअघि नेपाल पहिलो खेलमा थाइल्यान्डसँग ५९–४८, दोस्रोमा पाकिस्तानसँग ५८–४३ र तेस्रोमा इरानसँग ७६–२३ ले पराजित भएको थियो।