काठमाडौँ – जापानमा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत नेपाली राष्ट्रिय महिला भलिबल टोली आफ्नो पहिलो खेलमा आयोजक जापानसँग पराजित भएको छ ।
कोमाकी आइचीमा भएको खेलमा नेपाल जापानसँग ३–० को सोझो सेटमा पराजित भयो । जापानले पहिलो सेट २५–८, दोस्रो सेट २५–१२ र तेस्रो सेट २५–११ ले आफ्नो पक्षमा पार्यो ।
समूह ‘ए’ मा रहेको नेपालले अब बिहीबार इन्डोनेसियासँग दोस्रो खेल खेल्नेछ ।
नेपाली महिला भलिबल टोलीले एसियाली खेलकुदमा लगातार दोस्रो पटक सहभागिता जनाएको हो । यसअघि सन् २०२३ मा चीनको हाङझाउमा सम्पन्न १९औँ एसियाली खेलकुदमा नेपाली महिला भलिबल टोलीले पहिलो पटक सहभागिता जनाएको थियो ।