काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य लगातार दोस्रो दिन घटेको छ । सोमबार घटेको सुनचाँदीको मूल्य मंगलबार पनि ओरालो लागेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार (भदौ ३०) छापावाल सुनको मूल्य प्रतितोला ९०० रुपैयाँले घटेको छ । यससँगै छापावाल सुन प्रतितोला ३ लाख १०० रुपैयाँ मा कारोबार भइरहेको छ ।
यसअघि सोमबार सुनको मूल्य प्रतितोला १ हजार २०० रुपैयाँले घटेर ३ लाख १ हजार रुपैयाँ कायम भएको थियो । आइतबार भने सुनको मूल्य १ हजार २०० रुपैयाँले बढेर प्रतितोला ३ लाख २ हजार २०० रुपैयाँ पुगेको थियो ।
त्यस्तै, मंगलबार चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले घटेर ४ हजार ६०० रुपैयाँ कायम भएको छ । सोमबार पनि चाँदी प्रतितोला ४० रुपैयाँले घटेर ४ हजार ६२० रुपैयाँमा कारोबार भएको थियो । आइतबार भने चाँदीको मूल्य ६० रुपैयाँले बढेर प्रतितोला ४ हजार ६६० रुपैयाँ पुगेको थियो ।