काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य एकैदिन प्रतितोला ४ हजार ८ सय रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ३ लाख १ हजार रुपैयाँ कायम भएको छ। बिहीबार सुन प्रतितोला ३ लाख ५ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।
यो साताको पहिलो दिन आइतबार भने सुनको मूल्य प्रतितोला ३ लाख ७ हजार ४ सय रुपैयाँ रहेको थियो। यससँगै साताको सुरुवातको तुलनामा शुक्रबारसम्म सुनको मूल्य प्रतितोला ६ हजार ४ सय रुपैयाँले घटेको छ।
यस्तै, शुक्रबार चाँदीको मूल्य पनि घटेको छ। चाँदीको भाउ प्रतितोला २५५ रुपैयाँले घटेर ४ हजार ६ सय रुपैयाँमा कायम भएको छ। बिहीबार चाँदी प्रतितोला ४ हजार ८ सय ५५ रुपैयाँमा कारोबार भएको थियो।
आइतबार साताको पहिलो दिन चाँदीको मूल्य प्रतितोला ४ हजार ७ सय ६५ रुपैयाँ रहेको थियो।