काठमाडौं। एसीसी प्रिमियर कप एकदिवसीय प्रतियोगितामा नेपालले १०४ रनको लक्ष्य पाएको छ ।
बाङ्गीस्थित वाइएसडी युकेएम ओभलमा भइरहेको खेलमा मलेसियाले नेपाललाई उक्त लक्ष्य दिएको हो ।
टस जितेर ब्याटिङ थालेको मलेसिया ३२.३ ओभरमा १०३ रनमै अलआउट भयो।
कप्तान सैयद अजिजले ३०, अकिल वहिदले २४, विरनदीप सिंहले १४ तथा श्याहदत रम्लीले १३ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन्।
बलिङतर्फ नेपालका करण केसीले चार तथा ललित राजवंशीले दुई विकेट लिए भने सन्दीप लामिछाने, हेमन्त धामी र दिपेन्द्रसिंह ऐरीले एक–एक सफलता हात पारे।
नेपालले पहिलो खेलमा बहराइनलाई ७ विकेटले हराएको थियो।