काठमाडौं। भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि कतार सरकारले नेपाललाई अत्यावश्यक राहत सामग्री सहयोग गरेको छ ।
भदौ १० गते आएको बाढीबाट रसुवा, नुवाकोट र धादिङलगायत जिल्लामा ठूलो जनधनको क्षति भएको थियो । बाढीबाट हजारौँ परिवार प्रभावित भएका बेला कतार सरकारले मानवीय सहयोगस्वरूप राहत सामग्री पठाएको हो ।
नेपालका लागि कतारका राजदूत मिशाल मोहम्मद अल अन्सारीले उक्त राहत सामग्री नवप्रवर्तन मन्त्री महावीर पुनलाई हस्तान्तरण गरे । बाढी प्रभावितका लागि आवश्यक सामग्री रहेको बताइएको छ ।
कतार सरकारले विपद्मा ज्यान गुमाउनेप्रति दुःख व्यक्त गर्दै नेपाल र नेपालीप्रति ऐक्यबद्धता जनाउँदै मानवीय सहायता उपलब्ध गराएको जनाएको छ ।