रसुवा– विनाशकारी बाढीमा परी मृत्यु भएकाहरूको शव रसुवाबाट नुवाकोट पठाउने क्रम जारी रहेको छ।
बुधबार नेपाली सेना तथा निजी कम्पनीका हेलिकप्टरमार्फत रसुवाबाट ११२ वटा शव नुवाकोट लगिएको हो। तीमध्ये रसुवाको टिमुरेबाट ९८ र धुन्चेबाट १४ शव संकलन गरी नुवाकोटस्थित सैन्य तालिम केन्द्र, त्रिशूली पुर्याइएको छ।
शवहरू केही हेलिकप्टरभित्र राखेर तथा केहीलाई हुकमार्फत डोरीमा झुण्ड्याएर नुवाकोट पठाइएको जनाइएको छ।
नेपाली सेनासहितका सुरक्षाकर्मीले बाढी प्रभावित रसुवाका विभिन्न क्षेत्रमा पुगेर शव खोजी तथा संकलन कार्यलाई निरन्तरता दिइरहेका छन्।