काठमाडौँ – रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीले बगाएर त्रिशूली नदीमा ल्याएको बैंकको सेफ फोड्ने २९ जना पक्राउ परेका छन् ।
बाढीसँगै बगेर आएको पैसा तथा महत्वपूर्ण कागजात राख्ने फलामे सेफ फुटाउने क्रममा उनीहरूलाई सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले नियन्त्रणमा लिएको हो ।
सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार पक्राउ परेकाहरूको साथबाट रु ९२ लाख ६८ हजार ५०५ बरामद गरिएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको उहाँले जानकारी दिए।