बेइजिङ । दक्षिण–पश्चिम चीनको सिचुआन प्रान्तस्थित लोङचाङ सहरमा शुक्रबार ५.१ म्याग्निच्युडको भूकम्प गएको छ। चीन अर्थक्वेक नेटवर्क सेन्टर (सीईएनसी)का अनुसार भूकम्प स्थानीय समयअनुसार शुक्रबार दिउँसो १ः१३ बजे गएको हो।
सीईएनसीका अनुसार भूकम्पको केन्द्रबिन्दु २९.२३ डिग्री उत्तरी अक्षांश र १०५.२२ डिग्री पूर्वी देशान्तरमा रहेको थियो। भूकम्प जमिनको सतहबाट १३ किलोमिटर गहिराइमा गएको मापन गरिएको छ।
भूकम्पबाट भएको क्षति वा मानवीय हताहतीबारे तत्काल कुनै विवरण सार्वजनिक भएको छैन।