पोखरा । भोटेकोशी बाढीमा परी ज्यान गुमाएकामध्ये गोरखामा हालसम्म ४४ वटा शव फेला परेका छन् । नदी किनारमा भेटिएका शवमध्ये केहीलाई व्यवस्थापन तथा पहिचानका लागि गोरखा पठाइएको हो ।
अस्पतालको क्षमताभन्दा बढी शव आएपछि व्यवस्थापनमा चुनौती थपिएको जिल्ला प्रशासनले जनाएको छ । हाल गोरखा अस्पतालमा २९ वटा र एनपीआईमा चारवटा शव राखिएका छन् ।
गोरगामा शव राख्ने ठाउँको अभाव भएपछि १३ वटा शव पोखरा पठाइएको प्रशासनले जनाएको छ । गोरखाको नदी किनारमा मात्रै हालसम्म ४४ वटा शव फेला परिसकेका छन् ।
शवहरू कतिपय सग्लो अवस्थामा नरहेकाले पहिचान तथा व्यवस्थापनमा थप कठिनाइ भएको जिल्ला अस्पतालले जनाएको छ ।