काठमाडौँ । मन्त्रिपरिषद्को बैठक शुक्रबार बिहान ११ बजे बस्ने भएको छ।
प्रधानमन्त्री वालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बोलाएका हुन्। बैठक बिहान ११ बजे बस्ने जानकारी प्रधानमन्त्रीको सचिवालयले दिएको छ।
बैठकमा समसामयिक राजनीतिक तथा नीतिगत विषय, विपद् व्यवस्थापन र उद्धारका प्रयाससँगै सरकारका नियमित प्रशासनिक कामकारबाहीबारे छलफल हुने जनाइएको छ।