काठमाडौँ – रसुवामा आएको बाढीका कारण प्रभावित ३३६ जनाको हवाई उद्धार गरिएको छ।
नेपाली सेनाको करिब चार हजार जनशक्तिको समन्वयमा घाइते तथा प्रभावितको खोज तथा उद्धार, आपत्कालीन उपचार र राहत वितरणको काम भइरहेको सैनिक प्रवक्ता राजाराम बस्नेतले जानकारी दिनुभयो।
उहाँका अनुसार आज बिहानदेखि रसुवाको टिमुरे, धुञ्चे र मैलुङ क्षेत्रबाट प्रभावितको उद्धार गरिएको हो। उद्धार गरिएकामध्ये छ देशका ४५ जना विदेशी नागरिकसमेत रहेका छन्।