सुगम संगीतको चर्चित लोकप्रिय गायक शिव परियारको आज जन्म दिन परेको छ । सर्लाहीको मुर्तिवामा जन्मेका परियार बाल्यकाल देखिनै गायनमा रुचि राख्दै अगाडि बढेर कक्षा ७ मा पढ्दै गर्दा २०५१ सालमा पहिलोपटक स्टेज चढेर गाएपछि प्रथम हुन पुगे त्यसपछि झनै गाउन हौसला बढेको बताउँछन् ।
त्यसपछि कक्षा ९ मा पढ्ने बेला फेरि बालगायकको रुपमा स्टेज चढेर गाउने अवसर पाए यसरीनै सांगीतिक यात्रा बढाउदै २०५६ सालमा एस एल सी दिएर सांगीतिक यात्राकै लागि काठमाडौं छिरेको शिव परियार संघर्ष गर्दै क्लासिकल म्युजिक सिकेर २०५९ सालमा रेडियो नेपालले आयोजना गरेको अाधुनिक गीत प्रतियोगिता आफैले गजल संगीत गरेर गाएपछि प्रथम भएर पहिलो उपाधी रेडियो नेपालबाट लिएका थिए ।
सानैदेखि चन्चले स्वाभावको मध्यम परिवारमा हुर्किएको परियारले गाएका ‘ क्या दामी भो ” बोलको गीत सर्वाधिक हिट र लोकप्रिय बनेपछि सबैको मन मनमा बस्न सफल भए त्यसपछि ‘पिउदिन भन्दा भन्दै पिलायो साथीले ” बोलको गीत गाएपछि झनै गायक शिव परियार भनेर नचिन्ने सायद कमै भेटिन थाले । अहिले पनि सर्वाधिक हेरिने सुनिने गीतहरु मध्य एक गायक शिव परियारको गीत पनि पर्दछ ।