काठमाडौँ । रसुवामा आएको भीषण बाढीमा परी ज्यान गुमाउनेको संख्या ७० पुगेको छ। नेपाल प्रहरीले बुधबार साँझ ५ः४५ बजेसम्म विभिन्न बाढी प्रभावित क्षेत्रबाट ७० जनाको शव संकलन गरिएको जनाएको छ।
प्रहरीका अनुसार संकलित शवमध्ये २९ जना पुरुष, २३ जना महिला, २ जना बालिका र एक जना बालक रहेका छन्। थप १५ वटा शवको भने पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।
पहिचान हुन नसकेका शवको सनाखतका लागि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ। प्रहरीले प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्यलाई निरन्तरता दिँदै बाढीबाट भएको थप मानवीय तथा भौतिक क्षतिको विवरणसमेत संकलन गरिरहेको जनाएको छ।