गएको जुन महिनामा भारतीय सेनासँग गलवान उपत्यकाको सीमामा भएको झडपमा आफ्ना पाँच जनमुक्ति सेना मारिएको चीनले स्वीकार गरेको छ ।
चिनियाँ सञ्चारमाध्यमका अनुसार सो झडपमा पाँच चिनियाँ सैनिक मारिएको जानकारी शुक्रबार दिइएको हो ।
चिनियाँ सञ्चारमाध्यमका अनुसार ‘आफ्नो सम्प्रभुता रक्षा गर्ने क्रममा बलिदानी दिने सैनिकलाई श्रद्धाञ्जली दिनका लागि’ भन्दै सरकारी पत्रिका पीएलए डेलीले ती सैनिकको बारेमा बिस्तृत जानकारी दिएको हो ।
गत वर्षको जुन १५ मा भएको भारत–चीन झडप पछिल्लो चार दशकयताकै गम्भीर भएको बताइएको थियो । झडपमा परी २० जना भारतीय सैनिकको मृत्यु भएको थियो । भारतले आफ्नोतर्फ भएको क्षतिका बारेमा जानकारी दिए पनि चीनले भने केही भनेको थिएन । भारतीय पक्षले चीनतर्फ पनि ठूलो क्षति भएको दाबी गर्दै आएको थियो ।
सार्वजनिक गरिएको भिडियोमा भारत र चीनका सैनिकबीच चर्को रुपमा आरोप प्रत्यारोप गरेको दृष्य समेत देख्न सकिन्छ । भिडियोमा दुबै पक्षका सैनिक अधिकारीहरुले पनि कुराकानी गरिरहेको देखिन्छ ।
चिनियाँ सरकारी सञ्चारमाध्यमले गल्वान भ्यालीमा भएको झडप पूर्वको भिडियो समेत सार्वजनिक गरेका छन्। गत बर्ष जुन महिनामा गल्वान भ्यालीमा राति दुई देशका सैनिकबीच झडप भएको थियो।
सरकारी अखबार ग्लोबल टाइम्सले भारतीय सेनासँगको झडपमा ज्यान गुमाएका जनमुक्ति सैनिकलाई सम्मान अर्पण गरिएको भिडियो समेत सार्वजनिक गरेको छ।
This is the on-site video of Chinese soldiers expelling Indian troops that trespassed the LAC in the Galwan Valley border clash in June last year. pic.twitter.com/aKMkyFkiNB
— Hu Xijin 胡锡进 (@HuXijin_GT) February 19, 2021