काठमाडौं । काठमाडौं–मुग्लिङ सडकखण्डअन्तर्गत धादिङको थाक्रे गाउँपालिका–६ आठकिलोमा पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको छ।
बिहीबार बिहान करिब सवा २ बजे पहिरो खसेपछि काठमाडौं भित्रिने तथा बाहिरिने सवारीसाधन सडकमै रोकिएका छन्।
धादिङ प्रहरीले पहिरो पन्छाउन चार वटा उपकरण परिचालन गरिएको जनाएको छ। प्रहरीका अनुसार पहिरो हटाउन अझै करिब आधा घण्टा लाग्ने अनुमान गरिएको छ।