काठमाडौं। दुबईको चर्चित सुगन्धित वस्तु उत्पादक ब्रान्ड ‘जमजम पर्फ्युम्स’ ले नेपालमा आफ्नो पहिलो आधिकारिक आउटलेट सञ्चालनमा ल्याउने भएको छ। काठमाडौंको सुन्धारास्थित सिभिल मलमा शनिबार आउटलेटको औपचारिक उद्घाटन हुने कम्पनीले जनाएको छ।
शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा कम्पनीले उक्त जानकारी दिएको हो। उद्घाटन सामाजिक सञ्जालमा चर्चित ‘जमजम ब्रदर्स’ले गर्नेछन्। सोही प्रयोजनका लागि जमजम ब्रदर्स शुक्रबार नै काठमाडौं आइपुगेका छन्।
नेपालमा जमजम पर्फ्युम्स नेपाल प्रालिले उक्त ब्रान्डलाई आधिकारिक रूपमा भित्र्याएको हो। कम्पनीका अनुसार आधिकारिक प्रवेशसँगै नेपाली उपभोक्ताले दुबईका मौलिक तथा विलासी सुगन्धित उत्पादन अब आधिकारिक स्टोर र अनलाइनमार्फत सहज रूपमा खरिद गर्न सक्नेछन्। नेपाली बजारमा गुणस्तरीय, विश्वसनीय र अन्तर्राष्ट्रियस्तरको सेवा उपलब्ध गराउने लक्ष्य कम्पनीको छ।
विश्वव्यापी रूपमा तीव्र विस्तार गरिरहेको जमजम पर्फ्युम्सले हाल साउदी अरब, पाकिस्तान, कुवेत र ओमानमा २४ वटा शाखा सञ्चालन गरिरहेको छ। नेपालमा खुल्ने आउटलेट कम्पनीको २५औँ शाखा हुनेछ।
कम्पनीले निकट भविष्यमा कतार, बेलायत, अमेरिका, स्पेन र मलेसियामा समेत आफ्ना शाखा विस्तार गर्ने तयारी गरेको जनाएको छ।