काठमाडौं । सुनसरीको धरान उपमहानगरपालिकाले आफ्ना कर्मचारी मन्दिप राईको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै बिहीबार एक दिन शोक बिदा दिएको छ।
उपमहानगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाका अनुसार, २०८० भदौ १ गतेदेखि सरसफाइ शाखामा कार्यरत राईको निधन भएपछि शोकस्वरूप बिहीबार नगर कार्यपालिकाको कार्यालय, मातहतका सबै वडा कार्यालय तथा स्वास्थ्य संस्थाहरूमा (अत्यावश्यक सेवा बाहेक) बिदा दिने निर्णय गरिएको हो।
उपमहानगरपालिकाले दिवंगत कर्मचारीप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना समेत व्यक्त गरेको छ।