गण्डकी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ मुलपानीस्थित एकतारे खोलाले बगाउँदा ३५ वर्षीय भीमबहादुर घर्ती बेपत्ता भएका छन्।
जिल्ला प्रहरी कार्यालयका अनुसार रघुगङ्गा–८ चौरखानीबाट किनेर ल्याएको भैँसीसहित खोला तर्ने क्रममा घर्तीलाई खोलाले बगाएको हो।
घटनाको जानकारी स्थानीयवासीबाट प्राप्त भएपछि सोमबार साँझदेखि नै प्रहरी र स्थानीयले खोजी थालेका थिए। तर रातिसम्म पनि उहाँको अवस्था पत्ता लाग्न नसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सागर तिमिल्सिनाले जानकारी दिनुभयो।
प्रहरीका अनुसार आज बिहानदेखि पुनः खोजी कार्यलाई तीव्र बनाइएको छ।