काठमाडौं – कपिलवस्तुको बहादुरगञ्ज–तौलिहवा हुलाकी सडकखण्डमा ट्रकको ठक्करबाट तीन जनाको ज्यान गएको छ।
बुधबार बिहान करिब ७ः३० बजे महाराजगञ्ज नगरपालिका–२ गैडहवामा सडक किनारमा पार्किङ गरी राखिएको मोटरसाइकल र साइकललाई ना. ५ ख २३६४ नम्बरको ट्रकले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।
दुर्घटनामा महाराजगञ्ज नगरपालिका–२ गैडहवाका १२ वर्षीय आनन्द कश्यप, महाराजगञ्ज नगरपालिका–३ गनौरियाका ४५ वर्षीय विजयकुमार गुप्ता र सोही स्थानका ७५ वर्षीय भोल्लर कुर्मीको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा संलग्न ट्रक र त्यसका चालक मोरङका ४२ वर्षीय रोहित राईलाई प्रहरीले नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।
कपिलवस्तुको बहादुरगञ्ज–तौलिहवा हुलाकी सडकखण्डमा ट्रकको ठक्करबाट तीन जनाको ज्यान गएको छ।