बलिउड स्टार सलमान खान र आयुष शर्माको फिल्म ‘अन्तिम: द फाइनल ट्रुथ’को अहिले लगातार चर्चा छ । केही दिनअगाडि टिजर समेत सार्वजनिक भएको फिल्ममा सलमान सिख पुलिस अधिकारीको भूमिकामा देखिँदैछन् । आयुष भने फिल्ममा ग्याङ्स्टारको रुपमा प्रस्तुत हुँदैछन् ।
फिल्मका लागि हिरोइन समेत चयन भएको छ । साउथकी अभिनेत्री प्रज्ञा जायसवाल यस फिल्ममा सलमानकी प्रेमिका बन्दैछिन् । प्रज्ञाले फिल्मको सुटिङ समेत सुरु गरेकी छन् । फिल्मको सुटिङपछि पनि सलमान र प्रज्ञा एकसाथ देखिएका छन् । तर दुबै फरक–फरक गाडीबाट उत्रिएका थिए । सलमान र प्रज्ञाले एक रोमान्टि गीत समेतसँगै गरेका छन् ।
प्रज्ञा हिन्दी फिल्मका लागि नयाँ हुन् । तर, साउथमा उनको राम्रो पहिचान छ । २०१४ मा साउथ फिल्मबाट अभिनयमा डेब्यु गरेकी उनले तेलुगु फिल्मका पनि काम गरेकी छन् ।
पुस ६ गते उनको नयाँ फिल्म ‘अन्तिम : द फाइनल ट्रुथ’ को टिजर सार्वजनिक भएको थियो । सार्वजनिक टिजरमा सलमान र उनका ज्वाँइ आयुष शर्माबीच भिडन्त भएको देखिएको छ ।
टिजरमा आयुषले हात उठाउदा सलमानले आफ्नो हातले रोकेका छन् । टिजरबाटै फिल्म दर्शकले रुचाउने अनुमान लगाइएको छ । यो समाचार तयार पार्दासम्म टिजरलाई ४ लाख बढीले हेरिसकेका छन् ।
महेश मान्जरेकरले निर्देशन गरेको यस फिल्ममा सलमान एक सिख पुलिसको भूमिकामा देखिदैछन् । आयुष भने ग्यांगस्टारको भूमिकामा देखिएका छन् ।