काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न कृषि उपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ।
समितिले सार्वजनिक गरेको मूल्य सूचीअनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ४० रुपैयाँ, गोलभेँडा सानो (लोकल) ८ रुपैयाँ र गोलभेँडा सानो (टनेल) १८ रुपैयाँ तोकिएको छ। यस्तै, आलु रातो (लाम्चो) र (गोलो) प्रतिकिलो ५० रुपैयाँ, आलु रातो (मुढे) ४८ रुपैयाँ, आलु रातो (भारतीय) ३० रुपैयाँ, सेतो आलु ३२ रुपैयाँ तथा सुकेको भारतीय प्याज ५५ रुपैयाँ कायम गरिएको छ।
तरकारीतर्फ गाजर (लोकल) प्रतिकिलो १२० रुपैयाँ, गाजर (तराई) ८० रुपैयाँ, बन्दा ४० रुपैयाँ, स्थानीय काउली ८० रुपैयाँ, रातो मूला ३५ रुपैयाँ, सेतो मूला (हाइब्रिड) २५ रुपैयाँ, लाम्चो भन्टा ३५ रुपैयाँ र डल्लो भन्टा ४५ रुपैयाँ निर्धारण गरिएको छ।
समितिका अनुसार बोडी तने प्रतिकिलो ६० रुपैयाँ, मकै बोडी ८० रुपैयाँ, घिउ सिमी (लोकल तथा हाइब्रिड) ८० रुपैयाँ, घिउ सिमी (राजमा) १०० रुपैयाँ, टाटे सिमी ८० रुपैयाँ, भटमासकोसा १३० रुपैयाँ, तिते करेला ४० रुपैयाँ, लौका ४० रुपैयाँ, परवर ३० रुपैयाँ, चिचिण्डो ३० रुपैयाँ, घिरौँला ४५ रुपैयाँ, झिगुनी ६० रुपैयाँ, पाकेको फर्सी ६० रुपैयाँ, हरियो फर्सी (लाम्चो) ८० रुपैयाँ, डल्लो फर्सी ५० रुपैयाँ, भिन्डी ५० रुपैयाँ, सखरखण्ड १२० रुपैयाँ, पिँडालु १०० रुपैयाँ र इस्कुस ५० रुपैयाँ तोकिएको छ।
सागसब्जीतर्फ रायो साग प्रतिकिलो ९० रुपैयाँ, पालुङ्गो १०० रुपैयाँ, चम्सुरको साग ६० रुपैयाँ, तोरीको साग ५० रुपैयाँ, हरियो प्याज १०० रुपैयाँ कायम भएको छ। च्याउतर्फ कन्य च्याउ प्रतिकिलो २८० रुपैयाँ, डल्ले च्याउ ४५० रुपैयाँ, राजा च्याउ ३०० रुपैयाँ र सिताके च्याउ १ हजार रुपैयाँ निर्धारण गरिएको छ।
अन्य तरकारी तथा हरियो उत्पादनमा कुरिलो प्रतिकिलो ३०० रुपैयाँ, निगुरो १०० रुपैयाँ, ब्रोकाउली ९० रुपैयाँ, चुकन्दर ७० रुपैयाँ, रातो बन्दा ६० रुपैयाँ, जिरीको साग ९० रुपैयाँ, सेलरी २०० रुपैयाँ, पार्सले ३५० रुपैयाँ, पुदिना २०० रुपैयाँ, गान्टेमूला ६० रुपैयाँ, इमली १८० रुपैयाँ, तामा १५० रुपैयाँ, तोफु १६० रुपैयाँ र गुन्द्रुक ३५० रुपैयाँ तोकिएको छ।
फलफूलतर्फ स्याउ (फुजी) प्रतिकिलो ३०० रुपैयाँ, नेपाली केरा दर्जन २५० रुपैयाँ, मालभोग केरा २०० रुपैयाँ, कागती १६० रुपैयाँ, अनार ५०० रुपैयाँ, मालदह आँप १५० रुपैयाँ, दशहरी आँप १६० रुपैयाँ, हरियो तरबुजा ७० रुपैयाँ, जुनार ३०० रुपैयाँ, भुइँकटहर प्रतिगोटा २०० रुपैयाँ, लोकल काँक्रो ९० रुपैयाँ, हाइब्रिड काँक्रो ३० रुपैयाँ, लोकलक्रस काँक्रो ८० रुपैयाँ, रूखकटहर ५० रुपैयाँ, नेपाली मेवा ९० रुपैयाँ, भारतीय मेवा १२० रुपैयाँ, काँचो नरिवल ७० रुपैयाँ र हरियो नरिवल १७० रुपैयाँ कायम गरिएको छ।
मसलाजन्य वस्तुमा अदुवा प्रतिकिलो २०० रुपैयाँ, सुकेको खुर्सानी ५०० रुपैयाँ, लाम्चो हरियो खुर्सानी ८० रुपैयाँ, बुलेट खुर्सानी ७० रुपैयाँ, माछे खुर्सानी ७० रुपैयाँ, भेडे खुर्सानी ६० रुपैयाँ, अकबरे खुर्सानी २५० रुपैयाँ, हरियो लसुन १०० रुपैयाँ, हरियो धनियाँ ३०० रुपैयाँ, चाइनिज सुकेको लसुन २२० रुपैयाँ र नेपाली सुकेको लसुन १८० रुपैयाँ तोकिएको छ।
यस्तै, छ्यापी सुकेको प्रतिकिलो २०० रुपैयाँ, सुकेको माछा १ हजार रुपैयाँ, ताजा रहु माछा ३४० रुपैयाँ, बचुवा माछा ३०० रुपैयाँ र छडी माछा ३०० रुपैयाँमा कारोबार गर्न सकिने गरी अधिकतम थोक मूल्य निर्धारण गरिएको छ।