देशमा गणतन्त्र र संघियता आए पनि सामान्य नागरिकको जीवन र दैनिकीमा खासै परिवर्तन नआएपछि आम मानिसहरुमा निराशापन देखिन थालेको छ ।
देशमा पार्टीहरुबीच सत्ताको लागि खिचातानी र रस्साकस्सीको फोहोरी खेलले जनताहरु आजित हुन थालेका अभिव्यक्तिहरु सार्वजनिक हुन थालेका छन् ।
नायिका करिश्मा मानन्धरले राजनीतिबाट वाक्क भइयो भन्दै १० घन्टामा ४ वटा स्टाटस् लेखेकी थिइन् भने पूर्वयुवराज पारसकी छोरी कृतिका शाहले पनि देशको राजनीतिदेखि आजति भएको भन्दै ट्विट गरेकी छिन् ।
नेताहरुको कामबाट निराश बनेकी पारसकी छोरी कृतिका शाहले “बैगुणी रहेछौ गणतन्त्र जनतालाई ठूलो सपना देखाउने, थाहा नपाई जनतालाई कङ्गाल बनाएर देश लुट्ने” ट्विट राखेकी छिन् ।
हुन पनि अहिले नेताहरु जनताको बारेमा सोच्ने, जनतलाई के गर्दा सजिलो हुन्छ भन्ने कुरामा दिमाग खियाउनु भन्दा आपसी खिचातानी व्यस्त रहेको अवस्थामा कृतिकाको स्ट्याटस सान्दर्भिक देखिन्छ ।
ट्विटरमा ९ हजार आसपास फ्लोअर्स कमाएकी शाहको उक्त ट्विट यो समाचार तयार पार्दासम्म १ हजार १ सय ले मन पराएका छन् भने ४२ जनाले रिट्विट गरेका छन् त्यस्तै ४१ जनाले उक्त ट्विटमा आफ्नो प्रतिक्रिया दिएका छन् ।
बैगुणी रहेछोैं गणतन्त्र जनतालाई ठूलो सपना देखाउने
थाहा नपाई जनतालाई कङ्गाल बनाएर देश लुट्ने! pic.twitter.com/z6WGNR3oJk— Kritika Shah (@kritika__shah) January 20, 2021