निर्देशक निश्चल बस्नेतको आज जन्मदिन । १९८० जनवरी १७ तारिखका दिन उनको काठमाडौंमा जन्म भएको थियो । यस आधारमा आज उनी आफ्नो ४०औं जन्मदिन मनाउँदैछन् ।
बस्नेत नेपाली चलचित्र क्षेत्रका लोकप्रिय निर्देशक, निर्माता, गायक र अभिनेता हुन् । उनी राम्रा गीतकारका साथै नृत्य निर्देशक पनि हुन् ।
बस्नेत २००९ बाट चलचित्र क्षेत्रमा प्रवेश गरेका हुन् । चलचित्र लूटको सफलताले उनलाई पछाडि फर्केर हेर्नुपरेको छैन् । लूट २०१२ मा प्रदर्शनमा आएको थियो । त्यसपछि उनले टलकजंग भर्सेस टुल्के र लूट २ को निर्देशन गरे ।
निर्माता, निर्देशक तथा कलाकार निश्चल बस्नेतले जन्मदिनको अवसर पारेर नयाँ फिल्मको घोषणा गरेका छन् । उनले यसवर्ष जिन्दाबाद नामको फिल्मको निर्देशन गर्ने जानकारी दिएका हुन्। शनिबार मध्य रातमा निश्चलले आफ्नो फेसबुकमा स्टेटस लेखेर यसबारे जानकारी दिएका हुन् ।
https://www.instagram.com/p/CKIeEd-L1cj/
उनले आफ्नो जन्मदिनमा आफैंलाई शुभकामना पनि दिएका छन् । उनले लेखेका छन्, ‘जन्मदिनको शुभकामना निश्चल, राम्रो मान्छे बन्न सकूँ, राम्रो फिल्म बनाउन सकूँ, यहि दिएँ आफैंलाई शुभकामना ।’ अन्त्यमा उनले लेखेका छन्, ‘यो वर्ष ‘जिन्दाबाद’ निर्दे शन गर्नेछु ।’ उनको यो पोस्टमा थुप्रै प्रशंसकले उनको जन्मदिन र आगामी फिल्मका लागि शुभकामना दिएका छन् ।
https://www.instagram.com/p/CKHc3iTs_Sq/