काठमाडौँ । नेपाल प्रज्ञा-प्रतिष्ठानका पूर्व सदस्य सचिव एवं आख्यानकार गीता केशरीको ८६ वर्षका उमेरमा आज निधन भएको छ ।
उनी अज्लाइमर र हृदय रोगका कारण चाबहिलस्थित ओम अस्पतालमा भर्ना भई उपचाररत थिए । दिवगङ्त केशरीको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।
केशरी २०६१ देखि २०६३ सम्म प्रतिष्ठानको सदस्य सचिव थिए। उनका एक दर्जन जति उपन्यास र केही कथासङ्ग्रह प्रकाशित छन् । केशरीका ‘सौगात’, ‘आवाज’, ‘मुक्ति’, ‘अन्तिम निम्तो’, ‘विश्वास’ लगायत कृति प्रकाशित छन् ।
प्रतिष्ठानका पूर्व सदस्य सचिव प्रा. जगतप्रसाद उपाध्यायले उनको देहावसानबाट नेपाली आख्यान साहित्यका क्षेत्रमा अपूरणीय क्षति भएको बताए ।