काठमाडौँ । चितवनको मुग्लिन-नारायणगढ सडक खण्डअन्तर्गत तुइन खोलामा खसेको सुख्खा पहिरो हटाइएपछि सडकमा सवारीसाधनको आवागमन पुनः सञ्चालनमा आएको छ।
बुधबार बिहान करिब १०:३० बजे सडकमाथिबाट खसेको पहिरोका कारण केही समय यातायात प्रभावित भएको थियो। डिभिजन सडक कार्यालय भरतपुरले डोजर प्रयोग गरी पहिरो पन्छाएपछि र थप पहिरो खस्ने क्रम रोकिएसँगै सडक खुलाइएको जनाएको छ।
कार्यालयका अनुसार पहिरोको जोखिम रहेका स्थानमा आवश्यक मेसिन तथा उपकरण तयारी अवस्थामा राखिएको छ।
हाल उक्त सडक खण्डमा सवारीसाधनको आवागमन नियमित रूपमा सञ्चालन भइरहेको जनाइएको छ।