भाटभटेनी सुपरमार्केटले कोरोना महामारीले गर्दा मानिसहरुको आर्थिक अवस्थामा असर गरेको भन्दै दिएको १० प्रतिशत छुट केही दिनमै समाप्त हुने घोषणा गरेको छ ।
सुपरमार्केटले एक सूचना जारी गर्दै सम्पूर्ण ग्रोसरी सामानहरु जस्तै दाल, चामल, तेल, मसला, बेकरी, फ्रोजन मासुहरु, टवाईलेट्रिज लगायत सम्पूर्ण खाद्य सामानहरुमा १० प्रतिशत छुट दिइएको जनाएको छ ।
तर चिनी, नुन र पेय पदार्थमा भने छुट दिइएको छैन ।
यो छुट नेपाल अधिराज्यभर रहेका भाटभटेनीमा १८ वटै शाखामा लागू हुनेछ ।
पुष २ गतेदेखि दिइएको उक्त छुट कुन दिन समाप्त हुने भनेर मिति एकिन गरिएको छैन ।