प्रधानमन्त्री केपी शर्मा ओलीले भारतलाई नेपालको बोस नसम्झन आग्रह गरेका छन् ।
भारतीय टेलिभिजन जी न्यूजसँगको अन्तरवार्ताको क्रममा ओलीले भारत र नेपालको क्षेत्रफल ठूलो सानो भएपनि दुवै देशको हैसियत समान भएको बताए । उनले भारतलाई ठूलो दाइ र नेपाललाई सानो भाइको रुपमा नलिन आग्रह गर्दै भारत कहिल्यै पनि नेपालका बोस नभएको बताएका हुन् ।
उमेरमा माेदीजी म भन्दा केही जेठाे हुनुहुन्छ हाेला तर प्रधानमन्त्रीकाे पदमा छाेटे भाई, बडे भाइ हुँदैन । भारत हाम्रो बोस हाेइन ।
कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालकै भूमि रहेको प्रष्ट सन्देश दिदै ओली नेपालले आफ्नै भूमि समेटेर नयाँ नक्सा बनाएको र यसबारे वार्ताबाट समस्या समाधान गर्न आफूहरु तयार रहेको पनि बताए ।
प्रधानमन्त्री ओलीले भूगोल र जनसंख्याको आधारमा नेपालभन्दा भारत ठूलो भए पनि दुवै देशको सार्वभौमिकता बराबर रहेको प्रष्ट पारे । उनले दुवै देश सार्वभौम रहेको र दुई सार्वभौम देशका प्रधानमन्त्रीको हैसियतमा सानो र ठूलो देशको नभएर समान हैसियतको भएको स्पष्ट पारे ।
प्रधानमन्त्री ओलीले नेपालले भारत र चीनलाई फरक ढङ्गले व्यवहार नगर्ने पनि बताए । दुवै देशलाई पञ्चशीलको सिद्धान्तका आधारमा असंलग्न नीति अङ्गीकार गरिरहेको प्रधानमन्त्रीको भनाइ थियो । उनले भारत र चीनबीचको विवादित क्षेत्र गलवानका बारेमा नेपाललाई कुनै लेनादेना नभएको समेत बताए ।
हाम्रा प्रधानमन्त्री KP Sharma Oli ले भारतीय च्यानल WOiN कि Palki Sharma Upadhyaya लाई अङ्ग्रेजीमा र Zee news का Sudhir Chaudhary लाई हिन्दीमा दिएको अन्तर्वार्ता हेर्नू भयो ? क्रिया-प्रतिक्रिया, समीक्षा, समालोचना बिस्तारै गरौंला, अहिले हेर्नुस् । हेर्न लायक छ ??
— GajuReal (@gajureal) January 11, 2021
प्रधानमन्त्री ओलीले सन २०२१ लाई नेपाल र भारतको विचमा रहेका सबै समस्याहरु हल भएको वर्षको रुपमा घोषणा गरिने बताउँदै सीमा विवादको समाधान वार्तामार्फत गर्न सकिने बताउनुभयो ।
ओलीले भारत र चीनवीचको समस्या समाधानमा नेपालले मध्यस्तता निर्वाह गर्न सकिने बताए ।
उक्त अन्तरवार्ताको क्रममा ओलीले नेकपा प्रचण्ड माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आलोचना गर्दे उनको चरित्र अस्थिर रहेको बताए । प्रधानमन्त्रीको उक्त अन्तरवार्तापछि ओलीलाई निडर रुपमा आफ्नो अडान राख्न सक्ने प्रधानमन्त्रीको रुपमा हेरिएको छ । यसअगाडीका कुनैपनि प्रधानमन्त्रीले विदेशी सञ्चारमाध्यमसामू निडर भएर आफ्नो अडान राख्न सकेका छन् । सामाजिक सञ्जालमा भारतीय च्यानलमा ओलीले भारतकै इतिहासको पाठ पठाए भन्दै उनको चर्चा परिचर्चा भएको छ ।
भारतीय मिडियासामु प्रधानमन्त्रीले प्रस्तुत गरेका कुरा !
१.हिमाल देखि समुन्द्र तिमिहरूसङ थियाे तर पनि गरिब रहयाै।
२.नक्सा तिमिहरूले हेर्नुपर्छ न की पंछी, माछाहरूले।
३.जेनयूमा कार्यक्रम राखे इतिहास पढाउन अाउला।
४.हामी त कहिल्यै अरूकाे गुलाम भएनाै।
५.राम जन्मेकाे ठाउकाे अनुसन्धान गराै।
६.भारत हाम्राे बाेस भन्ने मानसिकता त्यागै,बराबार हैसियत हाे।
७. चीन भारत बीचकाे समस्यामा हाम्राे लेनादेना छैन।
८. भारत कहिल्यै अखन्ड थिएन।
९. आगामी चुनावमा मेराे पार्टी पहिलाे हुन्छ र मैले लिड गर्नेछु।