काठमाडौँ – आज प्रमुख दुई सडकहरू पूर्ण रूपमा अवरुद्ध छन् । काठमाडौँ-कुलेखानी-फाखेल-हुमाने-फर्पिङ सडक खण्ड मर्मतका बन्द गरिएको छ। नेपाल प्रहरीले जारी गरेको सूचना अनुसार उक्त सडक खण्ड अझै एक महिनासम्म बन्द हुने जनाएको छ ।
मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर २ र ४ महालक्ष्मीमा सडक मर्मतको काम भइरहेको बताएको छ । यस्तै, बिपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेलबेँसी खण्डमा पनि सवारी सञ्चालनमा रोक लगाइएको छ । बाढीको जोखिम भएकोले रोक लगाइएको बताइएको छ ।
