बलिउड अभिनेत्री दीपिका पादुकोणले आज आफ्नो ३५औं जन्मदिन मनाउँदैछिन्। सन् १९८६ जनवरी ५ मा जन्मिएकी दीपिका बलिउडकी एक सफल कलाकार हुन्। दीपिकाले २००७ सालमा रिलिज भएको फिल्म ‘ओम शांति ओम’ बाट बलिउड डेब्यू गरेकी थिईन्। त्यसपछि, उनी एक अभिनेत्रीको रूपमा २६ वटा भन्दा बढी फिल्महरूमा अभिनय गरिसकेकी छिन्।
बलिउडकी सफल एवं सुन्दर नायिका दीपिका पादुकोणको चर्चा सदा भइरहन्छ । अत्यन्तै रुचाइएको नायिका दीपिका रणवीर सिंहसँग बिवाह भएको हो । उनीहरुले लामो प्रेम सम्बन्ध पछि मात्र बिबाह बन्धनमा बाधिएका हुन् ।
बिबाह पछि पनि उनीहरुले आफ्नो कामलाई निरन्तरता दिइरहेका छन् । उनका हट अबतार समय समयमा सार्वजनिक भएरहन्छन् ।
उनका फोटोले सामाजिक संजाल तताइरहेका हुन्छन् । उनका फ्याले उनका सुन्दरताको खुलेर प्रशंसा गरिरहेका हुन्छन् । उनका फरक फरक लुक्सका तस्विरहरु सामाजिक संजालमा निकै भाइरल हुने गर्छन् । उनि प्राय फोटोमा फरक फरक लुकमा देखा परेकी हुन्छिन् ।
दीपिका पादुकोण अहिले बलिउड फिल्म उद्योगको सबैभन्दा महँगो अभिनेत्री हुन्।एक रिपोर्टका अनुसार दीपिकाले फिल्म ‘पद्मावत’को सफलता पछि आफ्नो पारिश्रमिक बढाएकी हुन्। दीपिकाले ‘पद्मावत’को लागि ११ करोड रूपैयाँ लिएकी थिईन्। यद्यपि, अब दीपिका एक फिल्मको लागि १२ देखि १४ करोड पारिश्रमिक लिदैछिन्। उनले आफ्नो आगामी फिल्म ‘८३’ को लागी १३ करोड शुल्क लिएकी छिन्।