काठमाडौँ । राष्ट्रिय सभाको आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका छन् ।
सभाका अध्यक्ष नारायणप्रसाद दाहालले बजेटमाथिको सामान्य छलफल गर्न यही जेठ २९ र असार १ गतेको समय तोकेका छन् । छलफलपश्चात् अर्थमन्त्री वाग्लेले जवाफ दिने कार्यक्रम छ । राष्ट्रिय सभाको अर्को बैठक यही जेठ २९ गते शुक्रबार अपराह्न १:१५ बजे बस्नेछ ।