काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनाल स्वदेश फर्किएका छन् ।
उनी तीन दिने भारत भ्रमण सकेर आज (आइतबार) स्वदेश फर्किएका हुन् ।
भारतीय विदेशमन्त्री डा. एस जयशंकरको निमन्त्रणामा उनी भारत भ्रमणमा गएका थिए ।
भारत भ्रमणका क्रममा उनले भारतीय विदेश मन्त्रालयको प्रतिनिधिमण्डलको टोलीसँग हिजो भेटघाट गरेको थियो ।
यसका अलवा अन्य राजनीतिक र सरकारी भेटवार्ता भएको थियो ।