काठमाडौं । इन्द्रजात्राको अवसरमा एक्स्ट्रिम इनर्जी ड्रिंक्स र द लोकलको सहकार्यमा काठमाडौंको हनुमानढोका दरबार क्षेत्रमा विशेष सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ।
नेपाली मौलिक कला, संस्कृति, परम्परा र समुदायसँगको सम्बन्धलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित कार्यक्रममा इन्द्रजात्राको ऐतिहासिक तथा सांस्कृतिक महत्त्वलाई उजागर गरिएको आयोजकले जनाएको छ।
कार्यक्रममार्फत युवापुस्तालाई आफ्नो मौलिक संस्कृति तथा परम्परासँग जोडिन प्रेरित गर्ने तथा स्थानीय कला, संस्कृति र परम्पराको संरक्षण एवं प्रवर्द्धनमा जोड दिइएको थियो।
इन्द्रजात्राको अवसरमा आयोजित कार्यक्रममा स्थानीय सांस्कृतिक गतिविधिसमेत प्रस्तुत गरिएको थियो। एक्स्ट्रिम इनर्जी ड्रिंक्सले स्थानीय जात्रा, पर्व तथा समुदायसँग सहकार्य गर्दै सांस्कृतिक संरक्षणलाई आफ्नो सामाजिक उत्तरदायित्वसँग जोड्दै आएको जनाएको छ।
आयोजकका अनुसार नेपाली मौलिक कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धनमा योगदान पुर्याउने उद्देश्यले यस्ता कार्यक्रमलाई निरन्तरता दिइनेछ।