काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले तीन निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ।
कार्यालयले बुधबार सूचना जारी गर्दै सार्वजनिक निकायबाट प्राप्त सिफारिसका आधारमा तीन निर्माण कम्पनी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखिएको जनाएको हो।
सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम उनीहरूलाई कालोसूचीमा राख्ने निर्णय गरिएको कार्यालयले जनाएको छ।
कार्यालयका अनुसार कालोसूचीमा राख्ने निर्णय सूचना प्रकाशित भएको मितिदेखि नै लागू हुनेछ। कालोसूचीमा परेका कम्पनी तथा आपूर्तिकर्ताको नाम, ठेगाना र अन्य विवरण कार्यालयले जारी गरेको सूचनामा उल्लेख गरिएको छ।