काठमाडौँ – लिबियामा सञ्चालन भइरहेको शान्ति स्थापना कार्यअन्तर्गत खटिएका नेपाली शान्ति सैनिकहरूको अदलीबदली गरिएको छ।
संयुक्त राष्ट्र संघको आव्हानमा शान्ति स्थापना कार्यको लागि युनाइटेड नेसन्स सपोर्ट मिसन इन लिबिया (यूएनएसमिल) मा तैनाथ श्री नयाँ भैरवीदल गुल्म (शा.से.) सातौँ डफ्फालाई बदली गर्नको लागि गुरूबक्स गुल्म (शा.से.) आठौँ डफ्फाका ४२ जना नेपाली शान्ति सैनिकहरूको पहिलो टोली आज मिसन इलाकातर्फ प्रस्थान गरेको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
साथै, उक्त मिसनमा आफ्नो कार्यकाल सम्पन्न गरेका ६१ जना नेपाली शान्ति सैनिकहरू आजै स्वदेश फिर्ता भएका छन्। हाल उक्त मिसनमा नेपाली सेनाका २१३ जना शान्ति सैनिकहरू कार्यरत छन्।