नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को निकट युवा संघ धनुषाले जनकपुरमा संसद विघटनको विषलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीको कडा विरोध गरेको छ।
आइतबार जनकपुरको जनक चोकमा विरोधसभा गर्दै युवा संघ धनुषाले प्रधानमन्त्री ओलीको नेकपाको साधारण सदस्यता समेत खारेज गर्न संयोजक सरोज यादवले माग गरेका छन्।
संयोजक यादवले प्रधानमन्त्री ओलीले लोकतन्त्रको विरुद्धमा संसद विघटन गरेर तानाशाही बन्न खोजेको आरोप लगाए। त्यस्तै, युवा संघ पूर्व केन्द्रीय सदस्य राजकुमार यादवले कम्युनिस्टको बदनाम प्रधानमन्त्री ओलीले गरेकाले कडा कारबाही गर्न माग गरे।
यस्तै आज काठमाडौंमा बसेको स्थायी कमिटीको बैठकले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई अनुशासनको कारबाही गर्ने निर्णय गरेको छ ।
बालुवाटारमा बसेको बैठकले ओलीले लोकतन्त्रविरोधी र निरङ्कुश कदम चालेकाले उनलाई कारबाही गर्ने निर्णय गरेको हो ।
आज बसेको स्थायी समिती बैठकले यो निर्णय गरेको हो । प्रस्ताव यही पुस ७ गते बोलााइएको केन्द्रीय कमिटीको बैठकमा पेश हुने छ ।
स्थायी कमिटीकाे आजकाे बैठकमा ओली पक्षका कुनै पनि नेताकाे सहभागिता थिएन ।