काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारलाई अहिलेको स्थिति धेरै नचल्ने चेतावनी दिएका छन् ।
सदस्यता नवीकरण कार्यशालालाई सम्बोधन गर्दै ओलीले परिस्थिति एकैसाथ नरहने बताउँदै धेरै उताउलिएर सरकारलाई काम नगर्न समेत आग्रह गरेका छन् ।
निर्वाचनपछि पहिलोपटक सार्वजनिक भएर कार्यक्रममा बोलेका ओलीले भने, ‘राज्य संयन्त्रमा रहेका व्यक्तिहरूलाई म भन्न चाहन्छु समय र परिस्थिति एकनास हुँदैन । उताउलिएर धेरै अगाडि नबढ्नुहोला। अहिलेको स्थिति धेरै चल्दैन ।’
उनले अराजकता कति समयको पाहुना हो भनेर समेत प्रश्न गरेका छन् । ओलीले निर्वाचन एउटा तमासा भएको समेत टिप्पणी गरेका छन् ।
‘चुनाव एउटा तमासा थियो मतदातासँग भेटेका छौँ कुरा गरेका छौँ । अधिकांश मतदाता त व्यक्तिगत रुपमा चिनेका छौँ ।’ ओलीले भने,’डबल मत खारेज भएर जित्ने स्थिति आउनु भनेको पूर्व निर्धारित योजना हो । यो परिणामलाई स्विकारेर संसद्मा सहभागी भइरहेका छौँ ।’