के तपाईलाई थाहा छ ? सेफ अलि खान ३६ वर्षमा नै हर्ट एक्ट्याकको शिकार भएका थिए । उनी त एउटा उदाहरण मात्र हुन् । उनी जस्ता कयौं कलाकार छन् जस्ले सानै उमेरमा स्वास्थ्य समस्या झेले ।
कोरोनाको महामारीले धेरै कलाकारहरु अहिले घरमा नै समय बिताइरहेका छन् । र यही कोरोनाको महामारीले स्वास्थ्य नै धन हो भन्ने पाठ सिकाएको छ । यदि तपाईको शरिर ठिक छ भनेर पैसा त कमाउन सकिहालिन्छ नि भन्ने भाव सृजना हुन थालेको छ ।
बलिउडका धेरै कलाकारहरुले सानै उमेरमा ठूला रोगहरुलाई जितेका छन् । रेमो डिसुजा देखि लिएर अमिताभ बच्चनसम्मले हर्ट एक्ट्याकको पीडा भोगिसकेका छन् । यहाँ हामी केही कलाकारहरुको बारेमा चर्चा गर्दैछौं जस्ले ठूला रोगहरुलाई जिते ।
रेमो डिसुजा :
केहि दिनअघि रेमो डिसुजा हर्ट एक्ट्याकको शिकार भएका थिए ।
राहुल रोय :
५२ वर्षका राहुल रोयले पनि बेन्र ह्याम्रेजलाई जितेका थिए ।
सेफ अलि खान :
१३ वर्ष अगाडी नै सेफ अलि खानले हर्ट एक्ट्याकसँग जुधेका थिए ।
अमिताभ बच्चन :
७५ प्रतिशतसम्म लिभर खराबी भएका बच्चन मृत्युलाई जितेर फर्किएका थिए ।
राना दुग्गबट्टी :
उनीले पनि किड्नी फेलरको समस्याबाट जुधेका थिए ।
सोनाली बेन्द्रे :
क्यान्सरलाई जितेकी सोनाली बान्द्रे अहिले स्वास्थ्य छिन् ।
मनिषा कोइराला :
स्तन क्यासरसँग जुधेकी नेपालकी मनिषा कोइराला अहिले नेपालमा छिन् । ४२ वर्षकै उमेरमा उनी क्यान्सरसँग जुधेकी थिइन् ।
अनुराग बासु :
अहिले ४६ वर्षमा हिडिरहेका अनुराग बासु केहि समयअघि एकप्रकारको व्लड क्यान्सरसँग जुधेका थिए ।
लिजा रे :
उनी अहिले ४८ वर्षकी भइन् । केही समय अगाडी उनी व्लड क्यान्सरबाट ग्रस्त भएकी थिइन् ।