नायीका विपाशा वशुको यो कुरा जानेर तपाईलाई अचम्म लाग्ला की उनी राती कहिल्यै पनि एक्लै सुत्दिनन् । सानो बेला देखिनै उनी अहिलेसम्म एक्लै सुतेकी छैनन् । उनलाई राती एक्लै सुत्न निकै डर लाग्छ । उनको भनाई छ कि यो डर उनका आफ्नै बाबुआमाले गर्दा लाग्ने गरेको हो ।
उनले भनिन्, ‘मलाई बच्चा देखि नै रातमा सुत्नका लागी कसैसवग भर पर्नुपर्छ ।’ उनले आफू मुम्बई आउनुभन्दा पहिले आफ्नै बहिनीसँग सुत्ने गर्थिन् ।
मुम्बई आएपछी एक नजिककी आफन्तसँग सुत्ने गर्न थालिन् । तीनलाई पनि आफूलाई जस्तै डर लाग्ने बताएकी छिन् । तर कहिलेकाँही बाहिर सुटिङका लागि जानुपर्दा भने उनलाई सुत्नमा निकै समस्या हुन्छ र आफ्नै व्यवस्थापकलाई आफूसँग सुत्नका लागी आग्रह गर्छिन् ।
उनका अनुसार डरलाई भगाउन उनी अहिले हिप्नो थेरापीको मद्धत लिइरहेकी छिन् । यसबाट उसलाई निकै फाइदा भएको बताइन् । उनले आफुले यही डरलाई नै नियन्त्रणमा राख्नका लागी हरर चलचित्रहरू खेल्ने गरेको बताउँछिन् ।
हेरौ उनी कतिको सफल हुन्छिन् डरबाट ।