काठमाण्डौं । सरकारले ठूला आयोजना समयमै सम्पन्न गर्न सम्बन्धित कानुन परिमार्जन गर्ने भएको छ । सुधारिएको ठेक्का प्रणाली र इन्जिनियरिङ व्यवस्थापनलाई प्रभावकारी रूपमा कार्यान्वयन गरिने नीति अघि सारिएको छ ।
संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेल आर्थिक वर्ष २०८३–८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो जानकारी दिएका हुन् ।
सरकारले सडक, रेल, जल, जङ्गोपयोगी तथा हवाई यातायातलाई समेट्ने एकीकृत राष्ट्रिय यातायात गुरुयोजना तयार गर्ने जनाएको छ । साथै, ‘लगानी एक्सप्रेस’ अवधारणाअनुसार पूर्वाधारसँग सम्बन्धित विवाद शीघ्र समाधान गरी निर्णय प्रक्रियालाई तीव्र बनाइने नीति लिइएको छ ।