काठमाडौँ– टर्किस एयरलाइन्सको जहाज अवतरणका क्रममा दुर्घटनामा परेपछि अवरुद्ध भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ ।
इस्तानबुलबाट आज बिहान काठमाडौँ आइपुगेको टर्किस एयरलाइन्सको जहाजमा अवतरणलगत्तै टायर विस्फोट भएर आगो लागेपछि विमानस्थलमा उडान र अवतरण रोकिएको थियो ।
विमानस्थलमा ठप्प हुँदा एयर अरेबियाको जहाले आकाशमै नौ फन्का लगाएको थियो । यस्तै, फ्लाइ दुबई, एयर इन्डिया, कतार र नेपाल एयरलाइन्सका जहाज पनि आकाशमै घुमेका थिए ।
विमानस्थल स्रोतका अनुसार अहिले स्थिति सामान्य बनेको छ ।