आज काठमाडौं उपत्यकामा ९४७ संक्रमित फेला परेका छन् ।
मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार काठमाडौंमा ६९२ जना, ललितपुरमा १९० र भक्तपुरमा ६५ जनामा कोरोना भाइरसको संक्रमण पाइएको हो ।
आज भेटिएका संक्रमित मध्ये पुरुषको संख्या ५३७ र महिलाको संख्या ४१० रहेको छ ।
काठमाडौं जिल्लामा मात्र अहिलेसम्म ३३१ जनाले ज्यान गुमाएका छन् भने ८४ हजार ५१७ जना कोरोना संक्रमित भएका छन् ।
त्यस्तै ललितपुरमा ९१ र भक्तपुरमा ८७ जनाको कोरोना भाइरसको संक्रमणबाट ज्यान गएको छ ।
मन्त्रालयका अनुसार भक्तपुरमा ७ हजार ५८८ र ललितपुमार १२ हजार ५७७ संक्रमित फेला परेका छन् ।
र यो पनि पढ्नुहोस् :