२०७७ साल आश्विनकृष्णपक्ष कार्तिक २६ गते बुधवार एकादशी तिथी उत्तरफाल्गुनी नक्षत्र चन्द्रमा कन्या राशिमा ।
मेष राशि– पुरानो साथिसंगको भेटले मन खुशि रहनेछ । मान सम्मानमा बृद्धि होला । कमाउने कुरामा राम्रो समय छ । धाएर गर्नु पर्ने काममा मन जानेछ । काममा बाधा पुर्याउनेहरु सक्रिय रहलान् सावधान रहनु होला । सजिलो तरिकाबाट कामहरु बन्दै जानेछन् ।
बृष राशि–बोलीमा नरम पन आउनेछ । आफन्तको प्रगतिमा रमाउन पाइनेछ । घर परिवारमा सामान्य विवाद उत्पन्न होला । आज विदेश यात्राको योग बनिरहेको छ । नयाँ कामको वातावरण बन्नेछ । आय–आर्जनका कुरामा राम्रै प्रगति हुनेछ । अचानक मीठा खानेकुरा प्राप्त होलान् ।
मिथुन राशि–मायालुसंग वाद–विवाद होला । तरल पदार्थको काममा प्रसस्त लाभ मिल्नेछ । आगो जन्य कुरामा सावधानी अपनाउनु होला । नयाँ ठाउँको छोटो र मीठो यात्रा हुन सक्छ । दिनको अन्त्यतिर शुभखबर सुन्न पाइनेछ । शैक्षिक प्रगतिमा भने केही कमीको महसुस होला ।
कर्कट राशि–काम गर्नमा आवस्यक उर्जा प्राप्त हुनेछ । खुट्टा तान्नेहरुबाट जोग्गिएर काम गर्नु होला । उठ्न बाँकी पैसा उठ्न सक्छ । पुराना साथिहरुसँग भेटघाट होला । नयाँ कामका बारे मनमा कुरा खेल्नेछ । घर परिवारमा विवाह लगायत अन्य शुभकार्यको कुरा अगाडी बढ्नेछ ।
सिंह राशि– जग्गा जमिन सम्बन्धी महत्वपूर्ण निर्णय हुनेछ । वादविवादमा पर्न सकिएला । छोटो दुरीको लाभदायी यात्रा हुनेछ । आर्थिक पक्ष सबल रहनेछ । बौद्धिक क्षमताको कदर हुनेछ । परिवारमा खुशीको संचार होला । टाढाबाट खुशीको समाचार आउने देखिन्छ ।
कन्या राशि–आज काममा तपाईंको उचित मूल्यांकन हुनेछ । बोल्दा निकै विचार पुर्याउनु होला । अत्यन्त ब्यस्त रहने दिन छ । आर्थिक हिसावले समय राम्रो छ । गरेका कामहरुमा सफलता हात लाग्नेछन् । इष्टमित्रहरुले काममा सहयोग नै गर्नेछन् । सभा समारोहमा सामेल हुनु पर्ला । मायाका कुरामा पनि प्रगति हुनेछ ।
तुला राशि– घुम्न फिर्न पाइने समय छ । नयाँ साथी बनाइएला । पठन पाठनमा खासै मन जाने देखिन्न । फलामका सामग्रीबाट सावधान रहनु होला । आर्थिक समस्या केही हदसम्म समाधान हुनेछ । शुभ समाचार सुन्नाले मन खुशि रहला । शरीर भने अल्छी रहनेछ ।
बृश्चिक राशि– दिन रमाइलो रहनेछ । बोलेर खाने समय छ । खेलकुदका कुरामा रुचि जानेछ । रुपैयाँ पैसा लेनदेनको कुरामाभने होश पुर्याउनु पर्ने देखिन्छ । यात्राबाट सुख प्राप्त हुनेछ । काम गर्नमा जोस र जाँगर बढ्ने छ । आफन्तजन संग मिलनहुने सम्भावना छ ।
धनु राशि–आज प्रेम प्रस्ताब आउला । भेला समारोह आदिमा रमाउन पाइनेछ । तार्किक क्षमता अत्यन्त राम्रो रहनेछ । व्यपार व्यवसायमा राम्रो प्रगति हुनेछ । खानपिनका कुरामा सावधानि अपनाउनु पर्ने देखिन्छ । इष्टमित्रहरु सँगको भेटघाटमा मन खुशि रहला ।
मकर राशि– खेलकुदमा समय राम्रो छ । पठन पाठनमा अनेक कुराले बाधा पर्न सक्छ । पेशागत रुपमा दिन राम्रो रहनेछ । घर परिवारको शुभ समाचार सुन्न पाइनेछ । मिष्ठान्न भोजन प्राप्तहोला । आफन्त–आफन्त बिचमै मनमुटाव हुन सक्छ सावधान रहनु होला ।
कुम्भ राशि–नयाँ ठाउँको यात्राले खुशि थप्नेछ । ठुला बढाले काममा सहयोग गर्नेछन् । साझेदारी काममा प्रशस्त लाभ मिल्नेछ । तपाईंको काममा बाधा गर्नेहरु पनि सक्रिय रहलान । तर पनि कामहरु बन्दै जानाले मन भने प्रसन्न नै रहनेछ । अचानक भोजको निम्ता पाइएला । मायाका कुरामा रमाइलो हुनेछ ।
मीन राशि– दिनको सुरुमा शुभ समाचार सुन्न पाइनेछ । नयाँ मान्छे सांगको भेटले प्रेम प्रसंगको आकर्षण बढाउनेछ । पठन–पाठनमा राम्रै संग मन जाने देखिन्छ । वादविवादबाट भने जोग्गिनु होला । नयाँ काम शुरु गर्न उपयुक्त समय छ । उत्साहाजनक ढंगले कामको थालनी हुनेछ ।
यो राशिफल ज्योतिष जीवन पौडेलले तयार पारेका हुन् । ज्योतिष सम्वन्धि जानकारी लिनको लागि उनको युट्युव च्यानल पनि हेर्न सक्नुहुन्छ ।